Breaking News.... EverestOnlineKhabar
June 3, 2026

संसदमा गर्जिए प्रदीप गिरि : ‘नेपालको अर्थव्यवस्था कुनैपनि दिन ध्वस्त हुनसक्छ’

Loading

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिले विप्रेषण (रेमिट्यान्स)बाट चलेको नेपालको अर्थव्यवस्था कुनै पनि दिन ध्वस्त हुने बताएका छन्।  संसद् बैठकमा जारी बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता गिरिले अहिलेको नेपाली अर्थव्यवस्था संवेदनशील अवस्थामा रहेको टिप्पणी गरे।

विदेशीले बनाएको सिद्धान्तकै आधारमा बजेट निर्माण हुन लागेको भन्दै सांसद गिरिले नेपालमा आफैंले सिद्धान्त निर्माण नगरी विदेशीको भर पर्ने गरिएकाले समस्या निम्तिएको बताए । ‘बेलायतमा जन्मेका एडम स्थितले अर्थशास्त्रको यस्तो सिद्धान्त लेखे’, उनले भने ‘त्यो नेपालका लागि कामलाग्दो छ वा छैन भन्ने खोजी नै गरिएन।’

उनले नेपालको सन्दर्भमा गाउँमा लगानी गर्ने नीति लिनुपर्नेमा जोड दिए। शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएकाले गाउँमा बजेट लगानी गरी श्रम गर्ने मानिसलाई सुविधा दिने नीति लिनुपर्नेमा उनले जोड दिए।  उनले गाउँहरु आर्थिक रुपमा मजबुत भएमा शहर पनि धानिने र अर्थतन्त्र बलियो हुने बताए।

तराईको उर्वर भूमि रहेको २ नम्बर प्रदेश समेत कृषिको भरमा नचलेको गिरिले बताए।  दोस्रो विश्वयुद्धपछि धेरै देश पराधीन भएको भन्दै नेता गिरिले आर्थिक रुपमा नयाँ मोड समात्न नेपाल पनि चुकेको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed