Breaking News.... EverestOnlineKhabar
August 17, 2026

उत्तर कोरियाले आणविक परीक्षणस्थललाई नष्ट गर्ने….?

Loading

एजेन्सी,बैशाख ।
उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले जनाएको छ । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएको तनावलाई अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको हो ।

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएका छ । आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने छ जसले उक्त कामको अनुगमन गर्नेछ ।  चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.