![]()
काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको समेत चर्चा गरेका छन्। शनिबार सभागृहमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले नेपाल– भारत सम्बन्ध आइपिएलमा समेत जोडिएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘नेपालमा यसको कति चर्चा छ मलाई थाहा छैन, भारतमा अइपिएल चलिरहेको छ, अब नेपाल पनि आइपिएलमा जोडिएको छ, पहिलोपटक नेपालमा नवजवान खेलाडी सन्दीप लामिछाने आइपिएलमा भाग लिइरहेका छन्। म आशा गर्छु आउने दिनमा पनि नेपाल र भारतका जनता–जनताबीचको सम्बन्ध मजबुत भइरहने छ।’
लामिछाने पहिलोपटक आइपिएलमा आबद्ध हुने नेपाली खेलाडी हुन्। जसको बारेमा मोदीले समेत प्रशंसा गरेका छन्। लामिछानेलाई दिल्ली डेयरडेभिल्सले खरिद गरेको थियो।


