![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दाहाल भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायात पुगेका हुन् ।
पार्टीका कुनै नेताहरु नलिई एक्लै मोदी भेट्न पुगेका दाहालले दुई देशबीचको सम्बन्ध सुधारमा मोदीले निकै राम्रो भूमिका खेलेको प्रतिक्रिया दिए ।
मोदीसँगको भेटमा आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको उनले बताए । यस्तै सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको उनले बताए ।
अध्यक्ष दाहालले भेटमा भएका सबै बिषयवस्तुबारे जानकारी नगराएको आशंका गरिएको छ । उनले मोदीसंग एक्लै भेटघाट गरेपछि पार्टी भित्रै बिभिन्न टीका टिप्पणी हुन थालेको छ । साथै, एमाले नेताहरुले दाहालको भेटलाई शंकाको दृष्टिले हेरेका छन । दुई ठूला बाम पार्टीबीच एकतको अन्तिम चरणमा विवाद बढिरहेकाबेला यो ‘वान टु वान’ भेट खतरनाक हुनसक्ने आंकलन गरिएको छ ।


