Breaking News.... EverestOnlineKhabar
August 31, 2026

मोदीसंग कांग्रेस नेताहरुको सामुहिक भेट, युवा पुस्तालाई अघि सार्न देउवालाई मोदीको सुझाव

Loading

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शनिबार दिउँसो होटल हायातमा सभापति देउवाले पार्टीका अग्रस्थानका नेताहरुसहित भेटवार्ता गरेका हुन ।

भेटमा वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, संसदीय दलका उपनेता बिजय गच्छदार, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी थिए ।

दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि कांग्रेसका नेताहरुले बताएका छन ।

भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दै आएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.