Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बलात्कारी श्रीमान्‌को हत्या गर्दा मृत्युदण्डको सजाय

Loading

बीबीसी । सुडानमा  एउटा अदालतले परिवारका सदस्यको सहायतामा श्रीमान्‌बाट बलात्कृत भएपछि आफ्नो श्रीमान्‌को हत्या गर्ने महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।

ओमडरम्यानस्थित न्यायाधीशले नुरा हुसेनलाई उनको श्रीमान्‌का परिवारले आर्थिक क्षतिपूर्ति लिन नमानेपछि मृत्युदण्डको सजाय सुनाएका हुन्। मानवअधिकारवादी समूहहरूले ती महिलालाई सुनाइएको मृत्युदण्डको सजाय उल्ट्याउन आह्वान गरेका छन्।

अहिले १९ वर्षीया हसेनलाई १६ वर्षको उमेरमा विवाह गर्न बाध्य पारिएको थियो। उनी भने उक्त विवाहबाट भाग्न खोजेकी थिइन्। उनी आफ्नो शिक्षा सक्न र शिक्षिकाका रूपमा काम गर्न चाहेकी बताइएको छ। उनको मुद्दाले व्यापक रुपमा सामाजिक सञ्जालमा ध्यान खिचेको थियो। सामाजिक सञ्जाल ट्वीटरमा #JusticeforNoura भनि अभियान चलेको थियो जहाँ उनका लागि न्यायको आह्वान गरिएको थियो।

शरण

विवाहपछि हुसेनले आफ्नी काकीको घरमा शरण लिएकी थिइन्। तर तीन वर्षपछि उनलाई उनको आफ्नै परिवारले उनको श्रीमान्‌को घर पठाइ जिम्मा लगाएका थिए। त्यसको ६ दिनपछि उनका श्रीमान्‌ले आफ्ना काकाका छोराहरूको सहयोगमा हुसेनलाई बलात्कार गरेका थिए। त्यसको भोलिपल्ट पनि त्यस्तै प्रयास गर्न खोज्दा भने हुसेनले आफ्ना श्रीमान्‌लाई चक्कुले प्रहार गरेकी थिइन्।

विरोध

त्यसपछि उनी आफ्नो माइती फर्किएकी थिइन्। तर उनका अभिभावकले उनलाई प्रहरी कहाँ बुझाएका थिए। मृत्युदण्डको सजायप्रति थुप्रै मानवअधिकारवादी समूहहरूले विरोध गरेका छन्। ‘इक्विटी नाउ’ नामक संस्थाकी यास्मिन हसनले अदालतको फैसलाले आफूलाई अचम्मित नपारेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.