![]()
काठमाडौँ । सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपु र भक्तपुरमा आइतवार एक दिन सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको जावलाखेल पुर्याएको चौथो दिनका दिन भोटो देखाउने चलन छ । भोटो जात्रामा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्री लगायतको समेत उपस्थिति हुने गरेको छ ।


