Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विश्वका शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक: सी जिनपिङ शीर्ष स्थानमा, मोदी नवौँ स्थानमा

Loading

एजेन्सी । फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरुको सूचीमा चीनका राष्ट्रपति सी जिनपिङले शीर्ष स्थान हासिल गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौँ स्थानमा परेका छन् । भारतबाट उनका साथै चर्चित व्यवसायी मुकेश अम्बानी ले ३२ औँ स्थान प्राप्त गरेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको ७५ व्यक्तित्वहरुको सूचीमा नेपालबाट भने कसैको नाम उल्लेखित छैन । फोर्ब्सका अनुसार पृथ्वीको ७ अर्ब भन्दा बढी जनसङ्ख्यामा यिनै ७५ व्यक्तित्वहरुको प्रभाव सबैभन्दा बढी रहेको छ । फोर्ब्सले यी व्यक्तिहरुको छनौट मानिसहरुमा उनीहरुको कार्य र बोलीले पार्ने अधिक प्रभावका आधारमा गर्ने गरेको बताएको छ ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथो स्थानमा आएकी छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्प भने तेस्रो स्थानमा छन् ।

यसवर्षको सूचीमा आएका १७ नयाँ नामहरुमा भने सबैभन्दा अगाडि साउदी अरबका राजकुमार मोहोम्मद बिन सलमान आठौँ स्थानमा आउन सफल भएका हुन् । त्यसैगरी ५४ औँ स्थानमा परेका दक्षिण कोरियाका राष्ट्रपति मुनको नाम पनि पहिलोपटक यस सूचीमा देखा परेको हो । तर उत्तर कोरियाली नेता किम जोङ उनले ३६ औँ स्थान प्राप्त गरि मूनलाई पछि पारेका छन् । त्यस्तै फ्रान्सका म्याक्रोन १२ औँ मा रहेका छन् भने विवादित रहेपनि जापानी प्रधानमन्त्री अझै ३८ औँ स्थानमा रहन सफल भएका हुन् । उता सिरियाका बसर अल अस्सद पनि ६२ औँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.