Breaking News.... EverestOnlineKhabar
June 26, 2026

वेष्ट ब्रोम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेशनमा, साउथह्याम्पटन भने रेलिगेशनमा नपर्ने

Loading

एजेन्सी । वेष्ट ब्रोम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत भएको खेलमा रेलिगेशनबाट जोगिन संघर्षरत साउथह्याम्पटनले स्वान्सी सिटीलाई हराएपछि वेष्ट ब्रोम रेलिगेशनमा परेको हो ।

अब वेष्ट ब्रोमले आउँदो सिजन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । साउथह्याम्पटन र स्वान्सीबिचको खेलको नतिजापछि पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोम लिगको एक खेल बाँकी हुँदा सुरक्षित जोनबाट पाँच अंक पछि पर्‍यो र रेलिगेशन पक्का भयो ।

वेष्ट ब्रोमले आउँदो आइतबार लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा पछिल्लो ८ वर्षदेखि प्रिमियर लिगमा रहँदै आएको वेष्ट ब्रोमको शीर्ष लिगमा अन्तिम खेल हुनेछ, अर्कोपटक प्रमोशन भएर नआएसम्मका लागि ।

वेष्ट ब्रोमको ३७ खेलबाट ३१ अंक रहेको छ । तीन टिम रेलिगेशनमा पर्नेमा स्टोक र वेष्ट ब्रोम निश्चित भएका छन् । अब हडर्ल्सफिल्ड र स्वान्सीबिच जोगिन प्रतिस्पर्धा छ । साउथह्याम्पटन भने रेलिगेशनमा नपर्ने लगभग निश्चित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.