Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी ।  तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ? यदि तपाईँलाई आफ्नो फेसबुक कसैले चलाइराखेको छ कि भन्ने डर छ भने त्यो डर हटाउनुहोस् ।

कहिलेकाहीँ कसैको मोबाइल वा ल्यापटपमा तपाईँले फेसबुक खोल्नुभएको थियो र लगआउट गर्न बिर्सनुभयो भने पनि तपाईँलाई समस्या पर्न सक्छ । त्यसलाई हटाउने केही उपायहरु हामी तपाईँलाई बताउनेछौँ । तपाईँको मोबाइल, ल्यापटप वा ग्याजेटबाट बाहेक अन्य डिभाइसबाट तपाईँको फेसबुक कसैले खोलेको कसरी थाहा पाउने त ?

स्टेप १

आफ्नो फेसबुकको सेटिङ्समा जानुहोस्

स्टेप २

यहाँ तपाईँले Log out of all sessions अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् ।

स्टेप ३

यहाँ तपाईँले नयाँ पेज देख्नुहुनेछ । यहाँ तपाईँको फेसबुक खोलिएका डिभाइसको बारेमा जानकारी पाउनुहुनेछ । साथै तपाईँले कहाँबाट कति बेला तपाईँको फेसबुक खोलिएको हो भन्ने जानकारी पनि पाउनुहुनेछ ।

स्टेप ४

यहाँ Security and login लेखिएको हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

स्टेप ५

फेसबुकले फेरि लग आउट गर्न अनुरोध गर्नेछ । त्यसमा क्लिक गरेसँगै सबै डिभाइसबाट लगआउट हुनेछ ।

स्टेप ६

अब तपाईँ लग इन पेजमा गएर पासवर्ड र सेक्युरिटी अपडेट गरेर तपाईँको फेसबुक सुरक्षित गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed