Breaking News.... EverestOnlineKhabar
June 26, 2026

धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा

Loading

मोरङ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलाइएको छ । मोरङ प्रहरीले श्रीनिवासविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको हो ।

त्यस्तै, श्रीनिवासलाई गोली हान्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यानमार्ने उद्योगमा मुद्दा चलाइएको छ । चौधरी श्रीनिवासका अंगरक्षक हुन् । श्रीनिवासको निर्देशनमा उनले नै गोली हानेका थिए । अर्का आरोपी अधिकारीले हतियारको व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

आचार्य श्रीनिवासको योजनाअनुसार नै आफूले गोली हानेको चौधरीले प्रहरीसमक्ष बयान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed