Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एन्फाको महासचिवमा तुलाधर, नेपाल प्रहरीका पूर्वएआईजी शर्माको नेतृत्वमा लिग कमिटी गठन

Loading

काठमाडौ,बैशाख ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको बैठकले ए डिभिजन लिगका लागि कमिटी गठन गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन गरेको हो । कमिटीले लिगको मिति घोषणादेखि सहभागी टिमको छनोट लगायतका काम गर्नेछ ।
बैठकले एन्फाका पूर्व सीईओ तथा ए डिभिजन क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलाई महासचिव पदमा नियुक्त गरेको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका इन्द्रमान पूर्वशर्त अनुसार महासचिवमा नियुक्त भएका हुन् । उनी संकटा क्लवका अध्यक्ष समेत हुन् ।
एन्फाको बिधान अनुसार मानार्थ अध्यक्षमा टासी घले दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । यसअघि नरेन्द्र श्रेष्ठको कार्यकालमा पनि उनी मानार्थ अध्यक्ष थिए ।

त्यस्तै बैठकले एन्फाको कोषाध्यक्षमा पूर्व सह–कोषाध्यक्ष रविन्द्र जोशीलाई नियुक्त गरेको छ । उनी बी डिभिजनमा रहेको पुल्चोक क्लबमा आवद्ध छन् । सीईओ र वरिष्ठ उपाध्यक्षको बारेमा भने बैठकमा कुनै निर्णय भएन । एन्फाको विधानअनुसार मानार्थ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित कार्यसमितिले मनोनयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.