Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाल प्रहरीका १६ एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस(नामावली सहित)

Loading

काठमाडौ,बैशाख ।
गृहमन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवाको सिफारिस सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य लगायत बढुवा हुने भएका छन् ।यस्तै,नारायणसिंह खड्का,रबिन्द्रप्रसाद शर्मा,कमलबहादुर जिटी,महेन्द्रकुमार पोखरेल,महेन्द्रबिक्रम शाह,प्रेम चन्द,श्याम खड्का,दानसिंह बोहरा,शुशिलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी बढुवा सिफारिसमा परेका छन् ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed