![]()
काठमाडौ,बैशाख ।
सोमबार बेलुकी अबेर बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी शुक्रबारदेखि हुन लागेको नेपाल भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ। त्यस्तै, बैठकले वैदेशिक रोजगार मागपत्र निर्देशिका २०७५ स्वीकृत गरेको छ। जसअनुसार अबदेखि मेनपावर कम्पनीले कामदारको मागपत्र सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनुपर्नेछ। वैदेशिक रोजगारीमा ठगी बढेपछि यो निर्देशिका ल्याइएको हो।
कारागार सम्बन्धी प्रचलित कानुन संशोधन र एकीकृत गर्नका लागि समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। त्यस्तै, बैठकले १८ जना सहसचिवको सरुवा गरेको छ।
यस्तो सहसचिवको सरुवा सूचीः–
१. मुकुन्द निरौलाःअतिरिक्तबाट पुनर्निर्माण प्राधिकरण
२. प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३.प्रमिला बज्राचार्यः सतर्कता केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४ं.दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५.राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६. मधुसुदन बुर्लाकोटीः उद्योग मत्रालयबाट स्वास्थ्य मन्त्रालय
७. नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९. विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०. सनत केसीः स्वास्थ्य मन्त्रालयबाट अतिरिक्त समूह
११.टीकाराम घिमिरेः भूमिसुधार मत्रालयबाट वन
१२. चन्द्रमान श्रेष्ठः वन मन्त्रालयवाट राष्ट्रिय महिला आयोग
१३. कुमार दाहालः अतिरिक्त समूहबाट विराटनगर महानगरपालिका
१४.नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५. तुल्सीराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६.गंगा गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७.वेद कार्कीः संघीय मामिला मन्त्रालयबाट पञ्जीकरण विभाग
१८.आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूह


