Breaking News.... EverestOnlineKhabar
August 14, 2026

रुखले किच्दा दुई जनाको मृत्यु

Loading

चितवन,बैशाख ।
चितवनमा आइतबार साँझ चलेको तीव्र हावाहुरीका कारण ढलेका रुखले किचिएर दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका–७ चिसोपानी भन्ने स्थानमा काठ कटानमा टेन्ट टाँगेर बसेका बेला चलेको ठूलो हावाहुरीका कारण रुख ढलेर किच्दा ४० वर्षीय कर्णबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।
रुखले किचिएर शिव गुरुङ र शिव थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै हावाहुरीकै कारण भरतपुर महानगरपालिका–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ ।
घाँस दाउरा लिन गएकी स्थानीय ४१ वर्षीया सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै मृत्यु भएको हो । ठूलो हावाहुरीका कारण चितवनका विभिन्न स्थानमा ठूलो क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed