![]()
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा भीषण आगलागी भएको छ। रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो।
डेढ घण्टाअघिबाट सुरु भएको आगो निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
हावाको वेगको कारण आगो निभाउन कठिन भइरहेको छ । पासाङल्हामु राजमार्गभन्दा ५०० मिटर मूनि आगो लागेको हो।


