Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौं । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो ।

कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् । त्यहाँ ट्राफिक प्रहरी महाशाखाका एसपी रेवती ढकाललाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिल्लीराज विष्ट सरुवा भएका छन् । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल सुन तस्करीमा संलग्नताको अभियोगमा निलम्बित छन् । उनलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।

बिस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस :

SP_Saruwa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed