Breaking News.... EverestOnlineKhabar
August 17, 2026

इटालियन सिरी ए फुटबलःउपाधिको लागि युभेन्टसलाई एक जित आवश्यक

Loading

एजेन्सी,बैशाख ।
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टसले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई ३ – १ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन सामी खेडिरा र पाउल ड्याबेलाले समान एक एक गोल गरे । युभेन्टसले एक आत्मघाती गोल उपहार पाएको थियो । बोलोग्नाका सेवास्टीयन डी मियोले आत्मघाती गोल गर्दा सिमोने भेर्डीले एक गोल फर्काएका थिए ।
यो जितसँगै युभेन्टस उपाधि नजिक पुगेको छ । अब युभेन्टसलाई उपाधिको लागि १ जित आवश्यक रहेको छ । यदि आइतबार राति दोस्रो स्थानको नापोली टोरीनोसँग पराजित भएमा युभेन्टस च्याम्पियन बन्ने छ । यो पटकको उपाधि जिते युभेन्टस लगातार सातौं पटक च्याम्पियन बन्ने छ ।
शीर्ष स्थानको युभेन्टसले लिगमा ३६ खेलबाट ९१ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ८४ अंक छ । नापोलीले एक खेल कम खेलेको छ । युभेन्टससँग पराजित बोलोग्ना ३९ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.