Breaking News.... EverestOnlineKhabar
August 16, 2026

काठमाडौका फुटपाथमा साँझ पनि ब्यापार गर्न नदिने काठमाडौ महानगरपालिकाको निर्णय…..

Loading

काठमाडौ,बैशाख ।
फुटपाथमा दिउंँसो व्यापार गर्न कडाइ गरेको काठमाडौं महानगरपालिकाले साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार–व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि महानगरपालिका साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको थिएन् । शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था आएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको हो ।
महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए । उनले भनेः‘नगर कार्यपालिकाले यस विषयमा निर्णय गरिसकेकको छ । यात्रु हिँड्ने फुटपाथमा कुनै पनि समयमा ब्यापार गर्न नदिने गरी कडाइ गर्दैछौं,आवागमनमा असर पर्ने गरी फुटपाथ अतिक्रमण गर्नेलाई हुने कारवाही पनि अब कडा किसिमको हुन्छ ।’ उनकाअनुसार अहिलेसम्म फुटपाथमा ब्यापार गर्नेको समान जफत गरेपछि परिमाण अनुसार १ देखि ५ हजार रुपैयाँ जरिवाना तिराएर छोडिँदै आएको छ । अब भने सामान फिर्ता नगरेर लिलामी नै गर्ने गरी प्रक्रिया अघि बढाइएको बताए ।
अहिले काठमाडौंको रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ । महानगरपालिकाले खुद्रा बजारका लागि तत्काल कुनै विकल्प पनि दिन नसकिने बताएको छ । केही वर्षअघि खुलामञ्चमा लाग्ने बजारलाई सरकारले हटाएको थियो । त्यसपछि फुटपाथमा हुने ब्यापर मौलाएको छ । शहरी निम्न मध्यम वर्गीय परिवारमाझ फुटपाथ बजार लोकप्रिय छ । सस्तोमा समान पाइने भएकाले पनि फुटपाथमा समान किन्ने जमात ठूलो छ, काठमाडौंमा । तर, गैरकानुनी र अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने किसिमको बजार भएकाले यसलाई बचाएर नराख्ने नीति महानगरुपालिकाले लिएको हो ।
जनवीविकासँग जोडिएको सवाल भएकाले महानगरपालिकाले फुटपाथको ब्यापार हटाउन सजिलो छैन । अहिले फुटपाथमा पसल राख्न दिएर महानगरका नगर प्रहरी र महानगरका कर्मचारीले हप्तावारी बुझ्ने गरेका छन् । हरेक व्यापारीले त्यसरी बुझाउने गरेका पैसा महानगरका उच्च अधिकारीसम्म पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.