Breaking News.... EverestOnlineKhabar
October 1, 2026

फिलिपिन्समा ६.१ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउँदै

Loading

एजेन्सी। फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।

स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको भूकम्प ५.९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् ।  भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed