Breaking News.... EverestOnlineKhabar
August 11, 2026

आगामी वर्ष युएईमा हुने एएफसी एसिया कपको ‘ड्र’ सार्वजनिक

Loading

एजेन्सी ।आगामी वर्ष युएईमा हुने एएफसी एसियन कपको समूह विभाजन गरिएको छ। पहिलो पटक २४ टिमबीच प्रतिस्पर्धा हुन लागेको प्रतियोगितामा ६ समूहमा ४-४ टिम राखिएको छ।

 दुबईमा भएको ‘ड्र’ को  समूह एमा आयोजक युएई, बहराइन थाइल्यान्ड र भारत परेका छन्। समूह बीमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया जोर्डन, प्यालेस्टाइन र सिरिया समावेश छन्।  यस्तै समूह सीमा दक्षिण कोरिया,  चीन तथा पहिलो पटक सहभागी हुन लागेका किर्गिस्तान र फिलिपिन्स छन्।

समूह डीलाई ग्रुप अफ डेथ मानिएको छ। जहाँ तीन पटकको विजेता इरान र २००७ को च्याम्पियन इराक छन्। यस्तै यो समूहमा भियतनाम र यमन पनि परेका छन्।

समूह ई मा २ पटकको विजेता साउदी अरेबियासँगै सन् २०११ को आयोजक कतार र लेवनान छन्। यो समूहमा उत्तर कोरिया पनि छ।

एसिया कपको सवैभन्दा बढी चार पटक उपाधि जित्ने टिम जापान समूह एफ मा परेको छ। यो समूहमा उज्वेकिस्तान, ओमान र तुर्कमेनिस्तान पनि समावेश छन्।

एसियाको सर्वाधिक ठूलो प्रतियोगिता एसियन कपमा कुल १ करोड ४८ लाख डलरको पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता आगामी जनवारी ५ मा  सुरु भएर फेब्रुअरी १ मा समापन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed