Breaking News.... EverestOnlineKhabar
August 15, 2026

अष्ट्रेलिया क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जस्टिन ल्यांगर नियुक्त

Loading

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जस्टिन ल्यांगर नियुक्त भएका छन् । क्रिकेट अष्ट्रेलियाले  ल्यांगरलाई ४ वर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो ।

अष्ट्रेलियाका पूर्व ब्याट्सम्यानसमेत रहेका ल्यांगरले प्रशिक्षक डार्रेन लेहमनको स्थान लिएका हुन् । दक्षिण अफ्रीकाविरुद्धको टेष्ट क्रिकेटको दौरान बल टेम्परिङ घटनापछि लेहमनले राजीनामा दिएका थिए । यसअघि लेहमनले सन् २०१९ बाट प्रशिक्षक पद छाड्ने बताइसकेका थिए ।

बल टेम्परिङ गरेको पुष्टि भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नरलाई १२ महिनाको प्रतिबन्ध लगाएको थियो । यस्तै ब्याट्सम्यान क्यामेरोन बेनक्राफ्टलाई समेत प्रतिबन्ध लगाएको थियो ।

अष्ट्रेलियाको टिम सम्हाल्न आएका प्रशिक्षक ल्यांगर पूर्व ओपनर ब्याट्सम्यान हुन् । ल्यांगरले अष्ट्रेलियाबाट १ सय ५ टेष्ट क्रिकेट खेलिसकेका छन् । जसमा ल्यांगरले ७ हजार ६९६ रन जोडेका थिए । ४७ वर्षीय ल्यांगरले सन् २००७ मा एसेस सिरिजमा ५–० को जितपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

क्रिकेट अष्ट्रेलियाले ल्यांगरसँग अष्ट्रेलियाको टिम सम्हाल्न सक्ने क्षमता रहेको कारण प्रशिक्षण नियुक्त गरेको जनाएको छ । क्रिकेट अष्ट्रेलियाका सीईओ जेम्स सन्डरल्याण्डले ल्यांगरले गरेको पछिल्लो प्रशिक्षण र खेलाडी उत्पादनमा पाएको सफलताको कारण क्रिकेट अष्ट्रेलियाले विशेष योजनाहरु बनाएर ल्यांगरलाई प्रशिक्षक नियुक्त गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed