Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सुन तस्करी प्रकरण : ७ प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता

Loading

मोरङ ।  गायव भएको तस्करीको साढे ३३ किलो सुन प्रकरणसँगै सनम शाक्य हत्या अभियोगमा जिल्ला अदालत मोरङमा ७ प्रहरी उच्च अधिकारीसहित ६३ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरिएको छ । छानविनका लागि हिरासतमा रहेका २८ र अन्य ३५ फरार अभियुक्तविरुद्ध मुद्दा दर्ता भएको मोरङ जिल्ला अदालतले जनाएको छ । कर्तव्य ज्यान र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको गरिएको छ ।

बुधबार मोरङमा बयान दिन पुगेका बहालवाला प्रहरी वरिष्ठ उपरिक्षक दिवेश लोहनीलाई पक्राउ गर्दै उनीसहित पूर्वडीआईजी गोविन्द निरौला, प्रहरी उपरिक्षक विकासराज खनाल, प्रहरी नायव उपरिक्षकद्वय प्रजित केसी, सञ्जय राउत, प्रहरी नायव निरिक्षक बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको अदालत प्रशासनले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङ, मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाएको मोरङ प्रहरीले जानकारी दियो ।

सुन प्रकरण र शाक्य हत्याका मुख्य अभियुक्त गोरे उपनामले चिनिने चुडामणि उप्रेतीसहित अन्य ३५ फरार अभियुक्तलाई पनि मुद्दा लगाइएको छ । उनीहरूलाई पक्राउ गर्नका लागि इन्टरपोलमा समेत सूचना दिइसकीएको छ ।

फरार गोरेसहित अन्य केही अभियुक्तहरू भागेर भारतीय सहरहरूमा लुकेको हुनसक्ने प्रहरीको अनुमान छ ।

गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानविन समितिले उनीहरूको बयान लिएको थियो । सबैको बयान सुनेपछि समितिले दोषी ठहर गर्दै मुद्दा दर्ता गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.