Breaking News.... EverestOnlineKhabar
August 11, 2026

Loading

झापा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  विकासको गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका ओलीले व्यवस्थित बस्ती र शहर बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

भद्रपुर उत्रेलगत्तै झापा जिल्ला समन्वय सभाको प्रथम बैठकलाई मंगलवार सम्वोधन गर्दै प्रधानमन्त्रीले  सरकार मुलुकबाट गरिवी र पछौटेपन हटाउनतिर लागेको बताउनुभयो । उहाँले नेपाल गरिव भएर रहन नसक्ने भन्दै खराव शासक र सरकारका कारण पछि परेको भन्नुभयो ।

झापा हरेक चिजको ‘सुपरजोन’ भएको बताउँदै प्रधानमन्त्रीले स्थानीय तहलाई ल्यान्ड पुलिङ योजना बनाउन निर्देशन दिनुभयो । उहाँले विकासको गुरुयोजना बनाउन निर्देशन दिनुभयो । समय र जमिन खेर नफाल्न पनि प्रधानमन्त्रीको अपिल थियो ।

प्रधानमन्त्रीले सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताउनुभयो । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उहाँले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताउनुभयो ।  प्रधानमन्त्रीले सित्तैमा जमिन अतिक्रमण र कब्जा गर्न नपाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिकाको पढाइमा कुनै सम्झौता हुन नसक्ने बताउनुभयो । कुनै व्यक्तिलाई शिक्षकको जागिर दिने नाममा बालबालिकाको पढाइ बिगार्न सकिदैन, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed