Breaking News.... EverestOnlineKhabar
June 4, 2026

७ नम्बर प्रदेशको समृद्धिका लागि सबै दलहरु एकजुट भएर जानुपर्ने : देउवा

Loading

कैलाली ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ७ नम्बर प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्ने बताएका छन् ।

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले प्रदेशको विकासका एजेण्डामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउनु पर्ने बताएका हुन् । सबै दलहरुले एकमतका सम्भावनाहरुको पहिचान गरेर अगाडि अगाडि बढे ७ नम्बर प्रदेश देशकै धनी प्रदेश बन्ने उनको भनाई थियो ।

देउवाले कर्णाली, सेती र महाकाली नदीको पानी सदुपयोग गरेर जलविद्युत र सिँचाईमा प्रयोग गर्नु पर्ने बताए । उनले धनगढी विमानस्थलको स्तरोन्नति गरेर पर्यटकहरुलाई भित्र्याएर प्रदेशलाई आर्थिक समुन्नति तर्फ डो¥याउने तर्फ प्रदेश सरकारको ध्यान जानु पर्नेमा जोड दिए ।

७ नम्बर प्रदेशका विद्यालयहरुले उत्पादन गरेका व्यक्तिहरु मुलुकका विभिन्न उच्च तहमा पुगेको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, ‘‘सुदूरपशिचमका विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु धेरै माथि पुगेका छन् । अव प्राविधिक शिक्षातर्फ लाग्नु पर्दछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed