Breaking News.... EverestOnlineKhabar
August 11, 2026

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच वर्ष जेल सजाय

Loading

एजेन्सी,बैशाख ।
फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच वर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा जथाभावी लेखेको भन्दै ती व्यक्तिलाई पाँच वर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्न्धीब एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।
विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बुहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए ।
‘उहाँलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ’, बुहारीका वकील अन्डी कोमाराले भने । उनले थपेः‘हामीले यस फैसलाको पुनरावलोकन गराउने छौ,किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।’
कारबाहीमा परेका बुहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed