Breaking News.... EverestOnlineKhabar
August 11, 2026

धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा

Loading

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चार एसपीको सरुवा गरेको छ। धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो।

केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ। एसपी डम्वरबहादुर विकलाई धादिङ,लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो। चारै जनालाई काजमा सरुवा गरिएको हो ।

मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी सुन काण्डमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। एसपी शेखर कोइराला र धुर्वराज राउतलाई हेडक्वाटर सरुवा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed