Breaking News.... EverestOnlineKhabar
August 11, 2026

म्यानमारको काचिनमा सेना र आदिवासी विद्रोहीबीच तनाव जारी, हजारौं नागरिक पलायन

Loading

एजेन्सी,बैशाख ।
म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् ।
सरकारी सेना र विद्रोहीबीच झडप भएपछि सयौं आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीयबासिन्दाले घरवार छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ । पछिल्लो पटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो ।
संयुक्त राष्ट्रसंघले गत अप्रिलदेखि शुरु भएको दुई समूहबीचको युद्धको चपेटामा परेकाहरुका लागि मानविय सहायताको खाँचो रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed