![]()
एजेन्सी,बैशाख ।
प्यालेष्टाइनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगुवाई गरेको कुनैपनि शान्तिवार्तालाई अस्विकार गर्ने चेतावनी दिएको छ ।साथै,राष्ट्रपति ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने चेतावनी समेत दिएको छ । प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) का महासचिव साहिब एरेकातले अमेरिकी पहलमा हुने शान्ति सम्झौतामा सहभागी नहुने चेतावनी दिएको ।
अमेरिकी राष्ट्रपतिको सन्देश बोकेर विदेश मन्त्री माइक पोम्पेओ इजरायलमा रहेका समय प्यालेष्टिनी रेडियो‘भ्वाइस अफ प्यालेष्टाइन’सँग गरेको कुराकानीमा एरेकातले आफूहरूलाई डोनाल्ड ट्रम्पको पहलमा हुने भनिएको सम्झौता कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए ।
ट्रम्पले इजरायलको राजधानीका रूपमा जेरूसेलमलाई मान्यता दिने घोषणा गरेर आफै शान्ति प्रक्रियाबाट एक्लिएको पिएलओ नेताको भनाइ थियो । उनले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अडान परिवर्तन नगर्दासम्म अमेरिका शान्ति प्रक्रियाको समन्वयकर्ता वा सदस्य हुन नसक्ने बताए । पूर्वी जेरूसेलमविनाको प्यालेष्टिनी राज्यको कुनै अर्थ नहुने पनि उनको भनाइ थियो ।


