Breaking News.... EverestOnlineKhabar
August 31, 2026

परमाणु परीक्षणस्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा….?

Loading

एजेन्सी,बैशाख ।
उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।
त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
साथै उत्तर कोरियाले आफ्नो‘टाइम जोन’ पनि परिवर्तन गर्नेछ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.