Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेपाल, भारत, बंगलादेश र भुटानबीच सीधा बस यातायात सेवा

Loading

झापा । नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालन भएको छ । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस बुधवार नेपाल आइपुगेका छन ।

बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन्। ढाकाबाट वैशाख १० गते छुटेका ती बस बुधवार बिहान बंगलाबन्ध–फूलवारी मार्ग हुँदै भारतको सिलगढी आइपुगेका थिए। सिलगढीबाट भारतको पानीट्यांकी सीमा हुँदै बस नेपाल प्रवेश गरेका हुन्। मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बंगलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैनलगायतले मेची पुलमै पुगेर बसमा आएका बंगलादेश र भारतका उच्च अधिकारीलाई स्वागत गरेका थिए।

चार देशबीच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशबीच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बस आएका हुन्। बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भूइयनको नेतृत्वमा ८० जनाको टोली रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed