![]()
काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४’ को लागि ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले ‘पिपुल च्वाइस अवार्ड’ को मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
जेठ पहिलो साता हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको दौरान प्रदान गरिने ‘पिपुल्स च्वाइस अवार्ड’ को मनोनयनमा क्रिकेटर सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मान बहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् । २०७४ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ ।
मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको यो अवार्ड जेठ ३ गते हुँदैछ । मनोनयनमा परेका खेलाडीमध्ये एसएसएम भोटिङको आधारमा एक खेलाडीलाई अवार्ड वितरणको दौरान विजेता घोषणा गरिने छ । मनोनयनमा परेका खेलाडीलाई नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमबाट ३७७२२ बाट एसएमएस गरेर भोट दिन सकिनेछ । यस्तै फेसबुकबाट भोट गर्नको लागि टिएचटी लाइभ र मञ्चको फेसबुक पेजमा लग इन गर्नु पर्नेछ । एसएमएस भाेटिङका लागि मञ्च र टिएचटी लाइभबीच सम्झाैता भएको छ ।
क्रिकेटर सन्दिपलाई भोट दिन PULSAR space SL टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । किरणलाई भोट दिन PULSAR space KC टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । यस्तै प्रतिमालाई भोट दिन PULSAR space PS, मान बहादुरको लागि PULSAR space MS र स्यान्टुलाई भोट दिन PULSAR space SS टाइप गरेर ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।


