Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रेस्क्रिप्सन नबुझिए डाक्टर निलम्बनमा पर्ने….?

Loading

काठमाडौ,बैशाख ।
बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ। प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन्।
नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो ।‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्मा भन्छन्ः‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ।’
बिरामीको चाप बढी भएकाले हतारमा नबुझ्ने गरी औषधि लेखियो भन्न नपाइने उनले बताए । काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गुर्नपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed