Breaking News.... EverestOnlineKhabar
June 25, 2026

रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Loading

कञ्चनपुर,बैशाख ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिराखेको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नम्बरको ट्रकमा पछाडिबाट से ४ त ८०२४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि धनगढी पुर्याइएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बर्दियाको राजापुरका २५ वर्षीय प्रवीन चौधरी सामान्य घाइते भएका छन्।
घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed