Breaking News.... EverestOnlineKhabar
August 29, 2026

प्रमुख निर्वाचन आयुक्त डा.यादवले रुँदै भनेः‘ममाथि बारम्बार आक्रमण हुँदा पनि सरकारले सुरक्षाकर्मी फिर्ता लग्यो’

Loading

ललितपुर,बैशाख ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासको सुरक्षार्थ सरकारले लामो समयदेखि २ जना प्रहरी खटाएको थियो । तर,सरकारले सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका थिए ।प्रहरी सुरक्षा हटाइएलगत्तै गत शुक्रबार दुईजना अपरिचित व्यक्ति‘आयुक्तज्यू हुनुहुन्छ ? हामी अन्तर्वार्ताका लागि आएका हौं,’ भन्दै यादवको निवासमा पुगेका थिए । आफूलाई एउटा नाम चलेको अनलाइनका पत्रकार हौं भन्ने व्यक्ति केहीबेर घर वरिपरि डुलेर फर्किएका थिए ।
आइतबार साँझ यादवको निवासमा बम विष्फोट भयो ।बिष्फोटनबाट मानवीय क्षति नभए पनि पर्खाल भत्किएको छ भने झ्यालका शीशाहरु फुटेका छन् । छोरी–ज्वाइँसहित घरमा बस्ने गरेका यादव बम विष्फोटनपछि बोल्न चाहेका छैनन् । बम विष्फोटनलगत्तै सुरक्षाकर्मी पुग्दा मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताए ।
बम विष्फोटपछि यादवको परिवारमा त्रास थपिएको छ । छिमेकीलेसमेत आफूहरु असुरक्षित भएको बताएका छन् । यादवका एक पारिवारिक सदस्यले भनेः‘ पत्रकार थिए भने उनीहरुले पहिले नै समय लिएर आउने थिए, हामीलाई उतिबेलै शंका लागेको थियो, सायद उनीहरु घरको अवस्था बुझ्न रेकी गर्न आएको थिए कि,’ हामीले सुरक्षा थ्रेटको जानकारी गराउँदा गराउँदै यस्तो घटना भयो ।’
संवैधानिक अंगका प्रमुखको सुरक्षा आफैंमा संवेदनशील रहेको र भर्खरैमात्र मुलुकमा सबै तहका निर्वाचन सम्पन्न गराउने क्रममा कतिपय व्यक्ति र शक्तिको धम्की खेपिरहेका कारण यादवको निवासबाट सुरक्षाकर्मी हटाइनु सरकारको कमजोरी रहेको उच्च सुरक्षा अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.