![]()
काठमाडौ,बैशाख ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरुद्ध आन्तरिक उडान शुरु भएको छ । मालिन्दो एयरको विमान बिहीबार राति धावन मार्गमा भासिएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान प्रभावित भएका थिए । तर आन्तरिक उडान केहीबेर अघिबाट शुरु भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।
आन्तरिक उडान अवरुद्ध भएसँगै समस्यामा परेका यात्रुलाई उडान शुरु भएसँगै राहत मिलेको छ । आन्तरिक उडान शुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अनिश्चित छ । धावन मार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले अन्तर्राष्ट्रिय उडान अझै अवरुद्ध बनेको हो । विमानस्थलका अनुसार, धस्सिएको विमान हटाएर उडान–अवतरण खुलाउने प्रयास भइरहेको छ ।


