Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । नायक सञ्जय दत्त र  नायिका माधुरी दिक्षितको जोडी एक समय बलिउडमा खुबै लोकप्रिय थियो । उनीहरुले ‘साजन’, ‘खलनायक’ जस्ता सुपरहिट फिल्ममा सँगै काम गरे ।

सँगै फिल्म खेल्ने क्रममा उनीहरु गहिरो प्रेममा पनि परेका थिए । तर, त्यो प्रेम सफल हुन सकेन किनकी सञ्जय पहिल्यै विवाहित थिए । सो प्रेम तोडिएपछि उनीहरु फिल्ममा एकसाथ देखिएनन् ।

२१ वर्ष भयो, सञ्जय दत्त र माधुरी दिक्षितको जोडी टुटेको । पछिल्लो पटक उनीहरु १९९७ मा रिलिज भएको फिल्म ‘महानता’ मा देखिएका थिए । अब यो जोडीलाई फेरि एकसाथ देख्न पाइने भएको छ । निर्देशक करण जौहरको फिल्म ‘सिद्दत’ मा उनीहरुले अभिनय गर्ने फाइनल भएको हो ।

खासमा यो फिल्ममा यसअघि श्रीदेवीले अभिनय गर्नेवाली थिइन् । उनको असामयिक निधनपछि माधुरी दिक्षितलाई साइन गरियो । सञ्जय दत्त पहिले नै फिल्ममा थिए । तर माधुरीको इन्ट्री भएपछि उनले सो फिल्मबाट हात झिके । तर, निर्देशक जौहरले फकाइफुलाइ गरेर सञ्जयलाई फिल्म खेल्न राजी गराएका छन् । यो जोडीको पुरानो जादु फेरि फर्किन्छ कि फर्किदैन भन्ने चाहिँ फिल्म रिलिजपछि थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.