Breaking News.... EverestOnlineKhabar
October 3, 2026

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन निर्माण तीव्र गतिमा…..

Loading

वीरगञ्ज,बैशाख ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको छ। चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा शिलान्यास गरेपछि यो कामले तीव्रता पाएको हो।
भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम रु २ अर्ब ७५ करोडको लागतमा भइरहेको हो। यसमा भारत सरकारको रु २ अर्ब र नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ।
नेपालको ३६ दशमलव २ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ। भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ। नेपालतर्फ बाराको सिमरामा करिब ५ सय मिटरजति खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको सो कार्यालयका मेकानिकल इन्जिनियर शरदप्रसाद पौड्यालले जानकारी दिए।
अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको उनले बताए। वर्षाले बाधा नगरे एक वर्षभित्र पाइप जमिनमुनि बिछ्याउने काम सम्पन्न हुनेछ।
पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर इन्धन भित्रिनेछ। पहिलो चरणमा पाइपमार्फत डिजेल ल्याउने र अमलेखगन्जस्थित आयल निगमको डिपोमा भण्डारण गर्ने योजना छ।
बहुप्रतीक्षित मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको काम सम्पन्न भएपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने सवारी चाप पनि हटेर जाने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed