Breaking News.... EverestOnlineKhabar
August 31, 2026

कोलकातामा आएको आँधीमा परी ११ जनाको मृत्यु, रुख ढलेर सडक अवरुद्ध

Loading

कोलकात्ता,बैशाख ।
भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ ।मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो । कोलकातामा मात्र चार जनाको मृत्यु भएको त्यहाँको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ । त्यसैगरी हावडा जिल्लामा पाँच जना तथा बाँकुरा र हुगलीमा एक÷एक जनाको मृत्यु भएको छ ।
मौसम विभागका अनुसार त्यहाँ प्रतिघण्टा ८५ देखि एक सय किलोमिटरको रफ्तारमा आँधी आएको थियो । १० मिनेटको बीचमा दुई पटक आएको तिव्र आँधीका कारण धेरै मानिस प्रभावित भएका थिए । हावाहुरीका कारण सडक आसपासका सयौं रुख ढलेका छन् ।
यसले यातायातसमेत प्रभावित भएको छ । कोलकातामा विगत ७ दशकपछि पहिलो पटक तीव्रगतिको तुफान आएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.