Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिकाले आतङ्ककारीलाई सघाएको इरानको गम्भिर आरोप

Loading

एजेन्सी,बैशाख ।
इरानका राष्ट्रपति हसन रोउहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध भएको प्रमाणित भएको आरोप लगाएका छन् । हसनले उक्त दाबी गरेको तास्निम समाचार समितिले सोमबार जानकारी दिएको छ ।
अमेरिकनले पूर्वी गुटाबाट आतङ्ककारी हटाएकोले उनीहरुको अमेरिकासँग सम्बन्ध रहेको देखिन आएको राष्ट्रपति रोउहानीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा बताएका छन् । अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्र्तराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रोउहानीले बताएका छन् ।
पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्र्तराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले बताउनु तेहरान टाइम्सले जनाएको छ । सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका थिए ।
यो हमला अहिलेका लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed