Breaking News.... EverestOnlineKhabar
August 16, 2026

एकाएक राष्ट्रसंघका सहायक महासचिवले किन भेटे सभामुख महरालाई ?

Loading

काठमाडौं । सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको थियो ।

सभामुख महराले शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भइसकेको र अब देश आर्थिक समृद्धि तथा विकासतर्फ पूरै केन्द्रित भएको जानकारी दिनुभयो ।

तीन चरणका निर्वाचनमार्फत स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको छ भन्दै सभामुख महराले पाँच वर्ष्भित्र जनताको जीवनस्तर बदल्ने गरी विकास र समृद्धितर्फ केन्द्रित रहने बताउनुभयो ।

सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा र संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.