![]()
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गरेको छ। किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो।
१ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर जित हात र्पायो। वैंगलोरको जितमा एबी डि भिलयर्सले ४० बलमा ४ छक्का र २ चौकासहित ५७ रन बनाए। ओपनर क्विन्टन डी ककले ४५ रन बनाउँदा कप्तान विराट कोहलीले २१ रन बनाए।
पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विनले २, अक्षर पटेल, मुजिब उर रहमान र एन्ड्रयू टेले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्स ११ पञ्जाबले निर्धा्रित २० ओभरमा ४ बलअघि सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। उसका लागि लोकेश राहुलले सर्वा्धिक ४७ रन बनाए। रविचन्द्रन आश्विनले ३३ रन, करुण नायरले २९, मयंक अग्रवालले १५ र मार्कुस स्टोनिसले ११ रन बनाएका थिए।
रोयल च्यालेन्सर्ज बैंगलोरका लागि उमेश यादवले ३, क्रिस वाक्स, कुल्वन्त केजरोयिा र वासिङ्टन सुन्दरले समान २ र युजभेन्द्र चहलले १ विकेट लिए।


