Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राराबाट प्रधानमन्त्रीको सम्बोधन : ‘मुलुक र जनताको सपना पूरा गर्छु ’

Loading

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक युगमा प्रवेश गरेको भन्दै त्यो अवसर पुरा गर्न सरकार दृढ इच्छाशक्तिका साथ अघि बढ्ने बताउनुभएको छ ।

नयाँ बर्षको अवसरमा पर्यटकीय स्थल मुगुको राराबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिको महाअभियानमा सघाउन सबैलाई आह्वान समेत गर्नुभयो ।

राजनीतिक आन्दोलन सकिएर नेपाल समृद्धिको दिशामा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्नुभयो । आफ्नो लक्ष्यमा सरकार निष्ठा र इमानका साथ प्रस्तुत हुने बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागी बलियो आत्मविश्वास र उच्च मनोबलका साथ अघि बढ्ने धारणा राख्न्नुभयो ।

निर्वाचनको सफलतासँगै मुलुक, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको भन्दै उहाँले इतिहासले आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको बताउनुभयो ।

२०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको बर्ष रहेको उल्लेख गर्दै उहाँले राजनीतिक संक्रमणकालको अन्त्य हुँदै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधिन बनाउने सोचहरु कमजोर भएका र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नुभयो ।

उहाँले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अन्तर्रा्ष्ट्रिय समुदायसँग सम्बन्ध विकास गरिने बताउनुभयो । झण्डै १ घण्टाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed