Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । नयाँवर्ष २०७५ लाई भव्य स्वागत गरिएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल शुभारम्भ भएको हो ।

प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको हिन्दु पञ्चाङ्ग अन्तर्गत विक्रम संवत पर्दछ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

विशेषगरि आपसमा शुभकामना आदान–प्रदान, भेटघाट, मिठो खाने  र रमाइलो गरेर नयाँ वर्षको स्वागत गर्ने चलन छ । काठमाडौं उपत्यका सहित मुलुकका मुख्य–मुख्य पर्यटकीय शहरमा हिजैदेखि आन्तरिक तथा ब्राह्य पर्यटकको भीड लागेको छ । काठमाडौंको ठमेल, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, पोखरा, चितवनको सौराह लगायतका स्थानमा नयाँवर्ष मनाउनेको भीड लागेको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed