Breaking News.... EverestOnlineKhabar
June 27, 2026

मनिषा कोइरालाले भेटिन गोली लागेर घाइते भएका धर्मगुरुलाई

Loading

बिराटनगर । अभिनेत्री मनिषा कोइरालाले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका धर्मगुरु श्री निवासाचार्यलाई भेटेर उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

उनले निवासाचार्यमाथि गोली प्रहार भएको घटनाले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्दै घटनाका दोषी पत्ता लगाएर शीघ्र कारबाही गर्नसमेत माग गरेकी छन्।

‘यो अत्यन्तै दुखद घटना हो, म आतंकित भएको छु,’ धर्मगुरु निवासाचार्यलाई अस्पतालको शैय्यामा भेटेर फर्किएकी मनीषाले भनिन्।
आइतबार उक्त अस्पतालमा भर्ना गरिएका धर्मगुरु निवासाचार्यको अझै उपचार चलिरहेको छ। उनलाई आइतबार बिहान गोली हानिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.