Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रधानमन्त्रीले नै देखे सुरक्षा चुनौती, आतंककारी गतिविधि बढेकोमा प्रधानमन्त्री चिन्तित

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउनु भएको छ ।

भक्तपुरमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्तलाई पदका प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेकोसमेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएकाले विकास र समृद्धि बढाउने गतिविधि गर्न सबैलाई सुझाव दिनुभयो । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं, तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ’ ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंशा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.