![]()
एजेन्सी,चैत ।
अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा २५७ जनाको मृत्यु भएको छ । अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक बुधबार बिहान उक्त विमान दुर्घटना भएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
बीबीसीकाअनुसार मृतकहरुमा २६ जना पोलिसारियो फ्रन्टका सदस्य तथा सैन्य परिवार हुन् । बौफरिक सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटनामा घाइते भएका थुप्रैलाई अस्पताल लगिएको छ । सैन्य प्रमुखले दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको जनाइएको छ । यो दुर्घटना सन् २०१४ पछिको सबैभन्दा ठूलो दुर्घटना हो । सन् २०१४ मा मलेसियन एअरलाइन्सको एक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २९८ जनाको मृत्यु भएको थियो ।


