Breaking News.... EverestOnlineKhabar
October 3, 2026

शिक्षा मन्त्री पोखरेलले सार्वजनिक गरे सम्पत्ति विवरण,कति छ सम्पत्ति ?

Loading

काठमाडौ,चैत ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। मन्त्री पोखरेलले पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार मन्त्री पोखरेलसँग करिब २३ रोपनी जग्गा छ। स्रोतको रुपमा पैत्रिक भनिएको सो जग्गा उनले एउटा स्मृति प्रतिष्ठानलाई प्रदान गरेको उल्लेख गरेका छन्।
त्यस्तै उनको एभरेष्ट बैंकमा ३ लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा १३ हजार १ सय १३ रुपैयाँ रहेको बताएका छन्। दुवै बैंकमा रहेको रकम क्रमशः संविधानसभाका सदस्य तथा मन्त्री हुँदा प्राप्त र जनएकता पत्रिकामा आबद्ध हुँदा भन्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed