Breaking News.... EverestOnlineKhabar
August 17, 2026

गाउँपालिका अध्यक्षमाथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण

Loading

ओखलढुङ्गा,चैत ।
ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात व्यीक्तहरुले आक्रमण गरेका छन् । पौडेललाई आक्रमण गर्ने को हुन् भन्ने खुलेको छैन । निवासमै सुतिरहेको अवस्थामा गाउँपालिका वडा नम्बर ९ पोकलीबाट आएको बताउने चार जनाले मुङ्ग्रोले हानेका पौडेलले जानकारी दिए ।
घाईते पौडेलको बायाँ घुँडामा ४ टाँका लगाईएको छ भने तिघ्रा र नलीखुट्टामा गहिरो चोट लागेको छ । पौडेललाई उपचारका लागि काठमाडौं ल्याइने लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिइन् । प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.