Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । खेलकुद क्षेत्रकै प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४’ जेठको पहिलो साता हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी अवार्डको १५ औं संस्करण जेठ ४ गते हुने जानकारी गराएको हो ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने अवार्डमा ०७४ सालमा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गराउने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गरिने छ ।

अवार्डमा विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । विधाका मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम चाँडै सार्वजनिक गर्ने मञ्चले जनाएको छ । यो पटक वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खेलाडीलाई सम्मानित गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.